सर्वोच्च अदालतको पूर्ण बैठक आज बस्दै

 मंसिर ९, २०७८ बिहिबार ११:३५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सर्वोच्च अदालतको फुलकोर्ट अर्थात पूर्ण बैठक आज बस्दै छ । गोलाप्रथा प्रक्रियाबाट पेसी कहिलेदेखि तोक्ने भन्नेबारे निर्णय गर्न पूर्ण बैठक बस्न लागेको हो ।

आजको बैठकले आउँदो बुधवारदेखि गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गर्ने सम्भावना छ । सर्वोच्च अदालतका १९ जना न्यायाधीशले सर्वोच्च अदालतमा पूर्ण बैठक बस्नुअघि नेपाल बार एसाेसिएशनका प्रतिनिधिसँग आउँदा दिनमा कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल गर्ने तयारीसमेत गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशको गएको २ गतेको पूर्ण बैठकले गोला प्रक्रियासहित नियमावली पास गर्ने निर्णय गरेको थियो । गोला प्रक्रियासहित नियमावली पास गर्ने निर्णय राजपत्रमा समेत प्रकाशित भइसकेको छ ।

न्यायाधीशको आन्दोलनका कारण अदालतमा मुद्दाको चापअनुसार नियमितरुपमा सुनुवाइ हुन सकेको छैन । यसले न्यायको पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन् ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया