जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा सेवाग्राहीको भीड

 मंसिर ९, २०७८ बिहिबार १२:४४:३९ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा एक/दुई हप्तायता सेवाग्राहीको चाप बढेको छ । 

नागरिकता बनाउन, प्रतिलिपि निकाल्न, राहदानीको सिफारिस लिन र अन्य सेवाको लागि आउने सेवाग्राहीको चाप रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

सेवाग्राहीहरु बिहानैदेखि जिल्लाका प्रशासन कार्यालयको गेटमा लाइन लागेका हुन्छन् । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश सिवाका अनुसार एक हप्तायता दैनिक दुई सयभन्दा बढी सेवाग्राहीको काम भइरहेको छ । उहाँका अनुसार यो चाप केही वर्षयताकै बढी हो । कर्मचारीहरुले कार्यालयसम्म भन्दा पहिला र बेलुका ६ बजेसम्म बसेर काम गर्नुपरेको उहाँको भनाइ छ  । 

जिल्ला प्रशासन कार्यालय नागरिकता शाखाका अनुसार एक हप्तायता दैनिक करिब ९० नयाँ नागरिकता र करिब ४० ओटा नागरिकताको प्रतिलिपि लिन आउनेहरुको तथ्याङ्क छ । त्यसैगरी राहदानीको लागि दैनिक ६५ जनाको सिफारिस हुने गरेको कार्यालयले जनाएको छ । नाबालक सिफारिस लिन आउनेहरुको सङ्ख्या समेत बढी रहेको छ । 

चाडपर्व तथा मेलाको अवसर पारेर जिल्ला बाहिरबाट आएका र जिल्लामा रहेका समेत नागरिकरू सेवा लिन आउने गरेकोले भीडभाड बढेको बताइन्छ । नागरिकहरूले नागरिकता बनाउन, राहदानीको सिफारिस लिन दुई दिनसम्म कुर्नु परेको गुनासो गरेका छन् । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया