विद्यार्थी सङ्गठनले दिएको चन्दा आयल निगमका कर्मचारीले लिन मानेनन्

 मंसिर ९, २०७८ बिहीबार १६:०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै आन्दोलन गरिरहेका विद्यार्थी सङ्गठनले चन्दा उठाएको रकम नेपाल आयल निगमको कार्यालयमा बुझाएका छन् ।

विभिन्न ६ वटा विद्यार्थी सङ्गठनले केही दिनअघि विरोध स्वरूप काठमाण्डौको रत्नपार्कमा एक/एक रुपैयाँ चन्दा उठाएका थिए । उठाइएको चन्दा आज संयुक्त विद्यार्थी सङ्गठनका नेताहरूले आयल निगमका कर्मचारीलाई बुझाउन खोजे पनि कर्मचारीले लिन अस्वीकार गरेपछि कार्यालय परिसरमा राखेर फर्किएका छन् ।

आफूहरू आउने थाहा पाएपछि निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल पहिले नै भागिसकेका र अरू कर्मचारीलाई बुझाउन खोज्दा उनीहरूले नलिएपछि चन्दाको रकम निगमको कार्यालय परिसरमा छाडिएको अखिल क्रान्तिकारीका नेता मिलन एमसीले जानकारी दिनुभयो ।

विद्यार्थीले निगम अगाडि नाराबाजी गर्न थालेपछि प्रहरीले तितरबितर पारेको थियो । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि फिर्ता नभएसम्म आफूहरूको आन्दोलन चलिरहने नेता एमसीले बताउनुभयो । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया