एमाले महाधिवेशन : धादिङको सडकमा गाडीको जाम, काठमाण्डौसम्मै असर

 मंसिर १०, २०७८ शुक्रबार ११:१७:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चितवनमा सुरु हुन लागेको एमालेको राष्ट्रिय महाधिवेशनका कारण सडकमा जाम भएको छ ।

विभिन्न ठाउँबाट एमालेका नेता कार्यकर्ता गाडी रिजर्भ गरेर चितवन जाँदै गरेकाले सडकमा जाम भएको हो । धादिङको खानीखोला लगायतका ठाउँमा बिहानैदेखि गाडीको चाप बढेको ट्राफिक प्रहरीले जनाएको छ । काठमाण्डौ प्रवेश गर्ने मुख्य राजमार्ग भएकाले यहाँ गाडीको चाप बढेको हो ।

गाडीको  चाप बढेपछि प्रहरीले काठमाण्डौको थानकोटमा गाडी  ‘होल्ड’ गरेको छ । महाधिवेशनमा जाने र निजी गाडीलाई पास गराए पनि ठूला गाडीलाई होल्ड गरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । जाम खुलेपछि होल्ड गरेर राखिएका गाडी पठाइने ट्राफिक प्रहरीले जनाएको छ ।

एमालेले महाधिवेशनको उद्घाटन कार्यक्रममा पाँच लाख जना सहभागी हुने दाबी गर्दै आएको छ । महाधिवेशनको उद्घाटन केहीबेरपछि नारायणघाटको नारायणी नदी किनारमा हुँदैछ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया