आउने सोमवारदेखि मात्रै मौसम खुल्ने अनुमान

 मंसिर ११, २०७८ शनिबार ७:४३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आउने सोमवारदेखि मात्रै मौसममा सुधार आउने मौसमविद्ले बताएका छन् ।

आज र भोलि पनि देशभर नै हुस्सु र कुहिरो लाग्ने सम्भावना छ ।

कतैकतै घामको किरण जमिनको सतहमा केही समय देखिए पनि मौसम पूर्ण खुल्ने सम्भावना भने नभएको मौसमविद् निराजन सापकोटाले बताउनुभयो । उहाँका अनुसार अहिले सबैजसो उपत्यका र तराईका धेरैजसो ठाउँमा बाक्लो तुवाँलो लागेको छ ।

न्यूनतम तापक्रम खासै नघटेको भए पनि अधिकतम तापक्रम घटेकाले चिसो महसुस भएको छ ।

यस्तै  पानी पार्ने न्यूनचापीय प्रणाली विकसित भइरहेकाले आज राति भने प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा  हिमपातको सम्भावना छ। 

अन्तिम अपडेट: जेठ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया