बजारमा हिउँदे तरकारी आउन थालेपछि मूल्य घट्दै

 मंसिर ११, २०७८ शनिबार ७:५९:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बजारमा हिउँदे तरकारी आउन थालेसँगै मूल्य घट्न थालेको छ । अब हिउँदे सिजनका तरकारी आउन थालेकाले मूल्य घट्दै गएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताउनु भयो ।

बजारमा आइपुगेकाे केही ताजा तरकारीको मूल्य घट्न थालिसकेको छ । तितेकरेलाको खुद्रा मूल्य प्रतिकिलो ११० बाट ९० रुपैयाँमा झरेको छ । यस्तै ताने बोडी, घ्यु सिमी, मटरकोसा, बन्दा, स्थानीय काउली, स्कुस, रायो साग लगायतका तरकारीमा पाँच रुपैयाँदेखि २० रुपैयाँको दरले मूल्य घट्दै गएको छ ।

काठमाण्डौ उपत्यकामा मुख्यत: धादिङ, नुवाकोट, काभ्रे, चितवन, मकवानपुरसहित तराईका जिल्लाबाट तरकारी भित्रिन्छ । यी ठाउँबाट केही हिउँदे तरकारी बजार भित्रिन थालेको व्यापारीहरूको भनाइ छ । तर, अहिले मागअनुसार हरियो तरकारी बजारमा भित्रन भने पाएको छैन ।

कात्तिककाे पहिलो हप्ता परेको बेमौसमी वर्षाका कारण तरकारी बालीमा नोक्सानी पुग्दा पनि बेलैमा बजारसम्म तरकारी आउन नसकेको हो। अबको केही समयपछि माग अनुसारको हिउँदे तरकारीको ढुवानी सुरु हुने र भाउ घट्ने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताउनुभयो। 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया