सरकारी जागिर छाडेर विदेश जाँदा ऋणमा चुर्लुम्म, गाउँकै व्यापार अपार

 भदौ २२, २०७५ शुक्रबार १२:४६:१४ | सुजता सुनुवार
unn.prixa.net

इलाम – फाकफोकथुम गाउँपालिका ६ एकतप्पाका तेजेन्द्र सिवाकोटीलाई सरकारी जागिरका लागि नाम निकाल्दा लागेको थियो, अब जिन्दगी बाटो लाग्यो । लोकसेवा भिडेर सुब्बा पदमा नाम निकालेका तेजेन्द्रलाई नेपाल विद्युत प्राधिकरण पाँचथरमा पदस्थापन गरियो । यो २०६८ सालको कुरो हो । 

जागिर टुंगियो, अब के गर्ने ? तेजेन्द्रलाई लाग्यो, विदेश जाने पैसा कमाउने । त्यसरी रुमल्लिरहेका बेला भेटिए, टुरिष्ट भिसामा रसिया पठाउने दलाल । तिनै दलालले देखाएको बाटो पछ्याएर उहाँ २०७१ सालमा रसिया पुग्नुभयो । 

छिमेकी जिल्ला भए पनि तेजेन्द्रको मन अडिएन । अनि उहाँले आफ्नै जिल्लामा सरुवा माग्नुभयो । अथवा पाँचथरबाट इलाममा सरुवा । तेजेन्द्रका अनुसार पाँचथरको प्राधिकरण कार्यालयमा कर्मचारी कम भएको कारण देखाउँदै सरुवा दिइएन । 

सरुवा नदिएको झ्वाँकमा उहाँले राजिनामा दिनुभयो । जागिर खान सुरु गरेको २ वर्षमा उहाँले देखेका जिन्दगीको बाटो टुंगियो । अनि नयाँ गन्तव्य र बाटोबाट यात्रा सुरु भयो । यो २०७० सालको कुरो हो । 

दलालले देखाएको बाटो समाएर रसिया 

जागिर टुंगियो, अब के गर्ने ? तेजेन्द्रलाई लाग्यो, विदेश जाने पैसा कमाउने । त्यसरी रुमल्लिरहेका बेला भेटिए, टुरिष्ट भिसामा रसिया पठाउने दलाल । तिनै दलालले देखाएको बाटो पछ्याएर उहाँ २०७१ सालमा रसिया पुग्नुभयो । 

रसिया जान उहाँले दलाललाई ७ लाख रुपैयाँ बुझाउनुभयो । पैसा कमाउने भनेर रसिया त पुग्नुभयो, तर टुरिष्ट भिसामा हिँडेका उहाँले भनेजस्तो काम पाउनु भएन । भीसा तीन महिनाको थियो । तेजेन्द्रलाई त्यतिबेला लागेको थियो, ‘पैसा कमाउन होइन ऋण पर्न पो विदेश आइएछ ।’ 

रसियाबाट युरोप 

कमाई गतिलो नभएपछि रसियामा तेजेन्द्रका मन अडिएनन् । सिसा पसलमा गरेको कामले खानबस्न पनि मात्रै ठिक्क हुने । कमाई नभएपछि उहाँले रसियाबाटै

बाँकी समय पसलमा तेजेन्द्रका समय बित्छन् । जति खट्न सक्यो, उति कमाई बढी । यसरी खट्नु भनेको तेजेन्द्रकै भनाईमा, विदेश बस्दा ओटी गरेर कमाउनु जस्तै हो ।

युरोप जाने योजना बनाउनुभयो । तेजेन्द्रको योजनामा अरु तीन जनाले पनि साथ दिने भए । 

‘शरणार्थी हौं’ भन्दै तेजेन्द्रको टोली स्पेन पुगेको थियो । रसियाबाट हिँडेको एक महिना २१ दिनमा टोली प्रहरीको फन्दामा पर्‍यो । स्पेन प्रहरीले शरणार्थीको परिचयपत्र माग्यो । प्रमाण थिएन । त्यसैले उनीहरु सबैलाई आआफ्नो देश फर्काइयो । 

अनि नेपाल 

यहाँ पुगेपछि विदेशमा पैसा कमाउने तेजेन्द्रको सपना पनि टुंगियो । दलाललाई तिरेको पैसा पनि सकियो । अरु ऋण थपियो । तैपनि चित्त बुझाउने ठाउँ कतै त बाँकी नै छ । ‘विदेश यात्राले नेपालमा नै गरे कमाउन सकिन्छ भन्ने ज्ञान पाएँ,’ तेजेन्द्रले भन्नुभयो । 

नेपाल फर्केर उहाँले इलाम बजारमा इलेक्ट्रोनिक पसल सुरु गर्नुभयो । विद्युत प्राधिकरणमा २ वर्ष काम गर्दा जानेको सीपले उहाँलाई इलेक्ट्रोनिक पसल सुरु गर्न सजिलो भयो । 

जति खट्न सक्यो, उति कमाई बढी 

२०७३ साउन २ गते उहाँले घरेलु तथा साना उद्योगमा पसल दर्ता गराउनु भएको हो । पसल सुरु गर्दा एक लाख १५ हजार रुपैयाँ लगानी परेको थियो । तेजेन्द्रका अनुसार अहिले पसलमा ४५ लाख रुपैयाँ बराबरको सामान छन् ।

ग्राहकको घरमा सामान जडान गरिदिनु । बिग्रिएका सामान मर्मत गरिदिनु । बेला बेला घरेलु तथा साना उद्योगले आयोजना गरेको तालिममा सहजीकरण गर्नु । 

बाँकी समय पसलमा तेजेन्द्रका समय बित्छन् । जति खट्न सक्यो, उति कमाई बढी । यसरी खट्नु भनेको तेजेन्द्रकै भनाईमा, विदेश बस्दा ओटी (अाेभर टाइम) गरेर कमाउनु जस्तै हो । महिनाको ६० हजार रुपैयाँ बच्ने उहाँको भनाई छ । 

तेजेन्द्र अहिले ऋणमुक्त हुनुभयो । लगानी गर्न र पसलमा सामान थप्न कसैलाई गुहार्नु पर्दैन ।  तेजेन्द्रलाई अहिले विदेश जाने पैसा आफूसँग नभएकाले पसल खोलेर राम्रो गरेछु भन्ने लाग्छ ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया