'ओमिक्रोन' भेरियन्ट : उच्च सतर्कता अपनाउन नेपाललाई डब्ल्यूएचओको सुझाव

 मंसिर १२, २०७८ आइतबार १६:३१:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले नेपाललाई कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन' बाट बच्न उच्च सतर्कता अपनाउन सुझाव दिएको छ ।

डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाका क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंहले आज आइतवार एक विज्ञप्ति निकालेर ओमिक्रोन भेरियन्ट अति जोखिमपूर्ण रहेको भन्दै नेपालसहितका देशलाई निगरानी, सामाजिक दुरी, मास्क अनिवार्य, खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालनलगायतका कामलाई उच्च प्राथमिकता दिन आग्रह गर्नुभएको छ ।

नेपालमा महामारी कम हुँदै जानु राम्रो भए पनि सीमित स्रोत–साधन र जनचेतनाको कमीका कारण कोरोनाको नयाँ भेरियन्टले ठूलो असर गर्ने भएकाले पूर्वतयारी र सतर्कतालाई जोड दिन डब्ल्यूएचओको आग्रह छ । विदेश आउजाउ गर्नेमाथि उच्च निगरानी गर्न र भिडभाडलाई नियन्त्रण गर्न डब्ल्यूएचओको सुझाव छ । 

अहिले दक्षिण–पूर्वी एसियाका ३१ प्रतिशत नागरिकले पूर्ण र २१ प्रतिशतले कम्तीमा पहिलो मात्रा कोरोनाविरुद्धको खोप लगाएका छन् । ४८ प्रतिशत अर्थात् एक अर्ब जना नागरिकले अहिलेसम्म पहिलो मात्रा कोरोनाविरुद्धको खोप लगाउन नपाएको डब्ल्यूएचओले जनाएको छ । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया