अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक

 मंसिर १२, २०७८ आइतबार १९:१२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन' को सम्भावित जोखिम कम गर्न सरकारले अफ्रिकी देशका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।

अफ्रिकामा नयाँ भेरियन्ट ओमिक्रोन फैलिएकाले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि अफ्रिकी नागरिकलाई प्रवेशमा रोक लगाएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । गृह मन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका प्रशासन कार्यालयलाई कुटनीतिक, अफिसियल र आपत्कालीन कामबाहेक सबै अफ्रिकी देशका नागरिकलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाउन निर्देशन दिएको उहाँले बताउनुभयो ।

यस्तै अफ्रिकी देश हुँदै यात्रा गरेका अरू देशका नागरिकलाई कोरोना परीक्षणको रिपोर्ट र औचित्यका आधारमा निर्णय लिन निर्देशन दिइएको र स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर थप कडाइका व्यवस्थाहरू गर्ने प्रवक्ता पोखरेलले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया