पर्सि बुधवारदेखि केही ठाउँमा हल्का पानी पर्ने

 मंसिर १३, २०७८ सोमबार ८:५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पर्सि बुधवारदेखि देशका विभिन्न ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् सजिना शाक्यकाअनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।

पानी परेपछि अहिले धुम्म रहेको मौसम खुल्ने अनुमान गरिएको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा केही दिनदेखि मौसम धुम्म भएको छ ।

राम्रोसँग घाम नलाग्दा चिसो बढेको छ । काठमाण्डौमा आज हिजोभन्दा पनि चिसो छ । काठमाण्डौको न्यूनतम तापक्रम बिहान ७ डिग्री सेल्सियस मापन गरिएको छ ।

हिजो काठमाण्डौको न्यूनतम तापक्रम ७ दशमलव १ डिग्री सेल्सियस थियो । 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया