नेपालमा न्यूनचापीय प्रणालीको प्रभाव : पश्चिमी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

 मंसिर १४, २०७८ मंगलबार ७:३४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अबको केही दिन देशका धेरै ठाउँको मौसम बद्ली हुने मौसमविद्ले बताएका छन् । अरब सागर र आसपासमा रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण अबको केही दिन पारिलो घाम लाग्ने सम्भावना नरहेको मौसमविद्ले बताएका हुन् ।

यो प्रणालीका कारण पहाडी जिल्लामा वर्षा र हिमाली जिल्लामा हिमपातको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । भोलि सुदूरपश्चिम र पश्चिमका केही पहाडी जिल्लामा पानी  पर्ने सम्भावना छ भने हिमाली जिल्लामा हिमपात हुने उहाँले बताउनुभयो ।

आज पनि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली जिल्लामा हिमपात हुने छ । न्यूनचापीय प्रणालीको प्रभाव सुदूरपश्चिम र पश्चिमी क्षेत्रमा धेरै पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो ।

पोखरा, जुम्ला, डडेलधुरा, दीपायल, सुर्खेत लगायतका क्षेत्रमा भोलि पानी पर्ने अनुमान गरिएको छ । मध्य र पूर्वी क्षेत्रमा पानी नपरे पनि मौसम भने बद्ली हुने उहाँले बताउनुभयो । अहिले काठमाण्डौसहित तराईका जिल्लामा हुस्सु कुहिरो  लागेको छ । अन्य क्षेत्रको मौसम बद्ली भएको छ । 

यस्तै, न्यूनतम र अधिकतम तापक्रम घट्न थालेसँगै देशैभर चिसो बढेको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया