धर्म परिवर्तन गराउने एक जनालाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिबानाको सजाय

 मंसिर १४, २०७८ मंगलबार १९:४५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

केशवराज आचार्य

काठमाण्डाै – जिल्ला अदालत डोल्पाले धर्म परिवर्तन गराउने एक जनालाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिबानाको सजाय सुनाएको छ । 

जुम्ला घर भइ अहिले पोखरा बस्दै आएका पाश्चर केशवराज आचार्यले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर २ का महिलालाई जबरजस्ती धर्म परिवर्तन गराएको ठहर गर्दै जिल्ला न्यायाधीश केशवराज चपाईँको इजलासले सजाय सुनाएको स्रेस्तेदार मोहनप्रसाद बेल्वासेले जानकारी दिनुभयो । 

गएको वर्ष आचार्यले महिलाको उपचार गर्ने भन्दै फोटो भिडियो खिचेर प्रचारप्रसार गरेको भन्दै जिल्ला अदालत डोल्पामा मुद्दा परेको थियो । आचार्य पोखरामा रहेको प्रशस्त कटनी मण्डलका पाश्चर हुन् । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • राजु राई

    Dec. 1, 2021, 5:20 a.m.

    कुनै पनि कसुर को लागि विधान ले सजाय तोकेको छैन भने , विधान को कति दफा कसुर अनुसार सजाय सुनाइयो र त्यो स्पष्ट खुलाइकन थुनुवा पुर्जी हुनु पर्ने हैन र ? कुनै पनि विधान को सजाय नभई मनोमानी रुपमा सजाय सुनाएको देखिएको छ छानबिन हुनु पर्छ ,

  •  0 Reply

तपाईको प्रतिक्रिया