अछाममा बस दुर्घटना हुँदा २ जनाकाे ज्यान गयाे, १० जना घाइते

 मंसिर १४, २०७८ मंगलबार २०:२९:३८ | चन्द्र थापा
unn.prixa.net

अछाम – अछाममा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य १० जना घाइते भएका छन् ।

अछामको सदरमुकाम मंगलसेनबाट धनगढीका लागि छुटेको ना. ६ ख. ८२९ नम्बरको बस मङ्गलसेन ४ कैलाश खोला नजिकै दुर्घटना हुँदा दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

मङ्गलसेन नगरपालिका –१ कुन्तीका अन्दाजी १८ वर्षका एकेन्द्र थापा र मंगलसैन नगरपालिका वडा नम्बर १४ का ५१ वर्षीय टंक भण्डारीको ज्यान गएको प्रहरीले जनाएको छ ।  

दुर्घटनामा घाइते भएकाहरूको धनगढीमा उपचार चलिरहेको छ । दुर्घटनाको कारण खुलेको छैन । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया