पशुपतिमा बाला चतुर्दशी मेलाको तयारी, मास्क लगाएर मात्र प्रवेश गर्न आग्रह

 मंसिर १५, २०७८ बुधबार ८:४१:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यसपालि पशुपति क्षेत्रमा बाला चतुर्दशीको मेला लाग्ने भएको छ । गएको वर्ष कोरोना जोखिम उच्च रहेकाले पशुपति क्षेत्र विकास कोषले बाला चतुर्दशी मेला औपचारिकरुपमा स्थगित गरेको थियो ।

यसपालि भने कोरोना जोखिम न्यून भएकाले स्वास्थ्य सुरक्षाका विधि अपनाएर मेलाको तयारी गरिएको कोषका कार्यकारी निर्देशक डाक्टर घनश्याम खतिवडाले जानकारी दिनुभयो । हरेक वर्ष मंसिर कृष्ण पक्षको त्रयोदशीको राति पशुपतिनाथ मूल मन्दिर प्राङ्गणमा दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजनको भीड लाग्ने गर्छ ।

रातभर महादीपदान गरेर बसेका भक्तजनले चतुर्दशीका दिन बिहान स्नान गरी पशुपति क्षेत्रको मृगस्थलीलगायत ठाउँमा शतबीज छर्ने गर्छन् । यसो गरेमा दिवङ्गत पितृले शान्ति पाउने धार्मिक विश्वास छ । भोलि महादीपदान र पर्सि बिहान शतबीज छर्ने दिन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

कोरोना जोखिम न्यून भए पनि पूर्णरुपमा नियन्त्रण नभएकाले भक्तजनलाई मास्क लगाएर पशुपति क्षेत्रमा प्रवेश गर्न कोषले आह्वान गरेको छ । यस्तै, कोषले शतबीज छर्न जानेहरुका लागि ठाउँ ओगट्नका  लागि अग्रिम नाम दर्ता गराउनु पर्ने व्यवस्था गरेको छ । 
 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया