दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै - बाला चतुर्दशी मेलाका लागि पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
आज राति पशुपतिनाथ मूल मन्दिर प्राङ्गणमा दिवङ्गत पितृका नाममा महादीपदान भोलि बिहान शतबीज छर्ने गरिन्छ । यसको तयारीका लागि बिहानैदेखि पशुपति क्षेत्रमा भीडभाड बढेको हो ।
आज रातभर महादीपदान गरेर बसेका भक्तजनले चतुर्दशीका दिन भोलि बिहान स्नान गरी पशुपति क्षेत्रको मृगस्थलीलगायत ठाउँमा शतबीज छर्ने गर्छन् ।
यसो गरेमा दिवङ्गत पितृले शान्ति पाउने धार्मिक विश्वास छ । हरेक वर्ष मंसिर कृष्ण पक्षको त्रयोदशीको रातिदेखि सुरु हुने मेलामा भक्तजनको घुइँचो लाग्ने गर्छ । भीड व्यवस्थापन गर्न विभिन्न ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिनु भयो । उहाँका अनुसार आज बिहानदेखि भोलि दिउँसोसम्म मन्दिर प्रवेश गर्ने विभिन्न बाटोमा सबै प्रकारका गाडी प्रवेशलाई रोक लगाइएको छ ।
गौशाला–चारशिवालय, गौशाला–भुवनेश्वरी, जयबागेश्वरी–भुवनेश्वरी, पश्चिम गोल्डेनगेट, गुरुमार्ग(बि–१३ को मार्ग) र उमाकुण्ड–लक्षिणमूर्तितर्फका बाटोमा गाडी प्रवेश निषेध गरिएको हो । यस्तै नियमित आवागमन हुने गाडीलाई महानगरीय ट्राफिक प्रहरी प्रभाग गौशालाबाट व्यवस्थापन गरिने कोषले जनाएको छ ।
भक्तजनलाई पश्चिम र दक्षिण ढोकाको बाहिर बत्ती सल्काउने व्यवस्था मिलाइएको छ । यसैगरी मृगस्थली (ब्युटिफूल) भित्रको फेन्सिङ्गभित्र प्रवेश गर्ने गेटमा तीन वटै ढोकामा सशस्त्र प्रहरी र कोषको सुरक्षाकर्मी खटाउने, भित्र र बाहिर सशस्त्र प्रहरी र नेपाल प्रहरीको गस्तीको व्यवस्था गरिएको छ । यस्तै बत्ती बाल्न आफू उपस्थित हुन नसक्नेका लागि विगत वर्षमा जस्तै एक हजार रूपैँयाको रसिद काट्ने व्यवस्था कोषले गरेको छ ।
रसिद काटी कोषबाट बत्ती बाली दिने, रातभर कुर्ने र बिहान वाग्मती नदीमा सेलाउने कार्य गरिनेछ । रसिदका लागि इच्छुक भक्तजनले कोषका वरिष्ठ सहायक गोकर्ण पौडेललाई सम्पर्क गर्न कोषले अनुरोध गरेको छ । पौडेलको सम्पर्क नम्बर ९८५१०००६८३ मा भक्तजनले सम्पर्क गर्न सकिनेछ ।
कोरोना जोखिम कायमै रहेकाले भक्तजनलाई मास्क अनिवार्य गरिएको छ । गएको वर्ष भने कोरोना जोखिम उच्च रहेकाले पशुपति क्षेत्र विकास कोषले बाला चतुर्दशी मेला औपचारिक रुपमा स्थगित गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।