नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछु : धिताेपत्र बाेर्डका ...
मंसिर १२, २०८१ बुधबार
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीचको सम्बन्धलाई थप बलियो बनाउन आफूले भारतको भ्रमण गरेको बताउनुभएको छ ।
चारदिने भारत भ्रमणका क्रममा आज नयाँ दिल्लीस्थित नेपाली दूतावासमा प्रवासी नेपालीसँग छलफल गर्दै उहाँले भन्नुभयो, ‘सरकारले अगाडि सारेको विकास योजनाको पक्षमा वातावरण बनाउन, नेपाल र भारतबीच भएका सम्झौता कार्यान्वयन तथा नेपाल र भारतबीचको सम्बन्धलाई थप बलियो बनाउनु भ्रमणको उद्देश्य हो ।’
हाल दुई देशबीचको सम्बन्धमा सकारात्मक विकास भएको उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो, ‘नेपालमा राजनीतिक स्थिरतासँगै बलियो सरकार बनेको छ, भारतमा पनि बहुमतको सरकार छ, भारतीय प्रधानमन्त्रीको ‘छिमेकीलाई पहिलो’ नीतिअन्तर्गत काम भइरहेको छ । यही अवस्थामा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउनुपर्छ, भारतको संवेदनशीलतालाई नेपालले बुझ्नुपर्छ, नेपालको संवेदनशीलता र नेपाली जनताको आवश्यकता तथा व्यापार घाटा समाधान गर्न भारतले पनि बुझ्नुपर्छ, यो नै राम्रो अवसर हो ।’
भारतीय सुरक्षा सल्लाहकारसँगको भेटमा भारतमा विभिन्न पेशा, व्यवसायमा संलग्न तथा उद्योग, कलकारखानामा काम गर्ने र दैनिक रोजीरोटीका लागि मजदूरी गर्ने नेपाली नागरिकको पक्षमा आफूले गम्भीर ढङ्गले छलफल गरेको उहाँको भनाइ थियो । पूर्व प्रधानमन्त्री दाहालले बदलिएको परिस्थितिमा नेपाली कार्यवाहक राजदूत र कर्मचारीलाई अझ सक्रियतापूर्वक तथा गम्भीरतापूर्वक कार्यसम्पादन गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रवासी नेपालीले नेपाल–भारत सीमामा हुने गरेका घटना रोक्न पहल गर्न अध्यक्ष प्रचण्डसँग आग्रह गरेका थिए । उनीहरुले बैंक खाता, मतदाता परिचयपत्र, बीमालगायत समस्या समाधानका लागि पहल गर्न अनुरोध गरेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । भ्रमणका क्रममा बिहीबार साँझ अध्यक्ष प्रचण्ड र भारतीय राष्ट्रिय सल्लाहकार अजित डोभालबीच द्विपक्षीय सम्बन्धका विविध विषयमा विचार विमर्श भएको थियो ।
भेटका क्रममा पछिल्लो समय दुई देशका बीचमा बढ्दै गएको सम्बन्ध र हार्दिकतालाई अझ सुदृढ गर्ने, दुई देशबीच पछिल्लो चरणमा भएका सहमति र समझदारीलाई छिटोभन्दा छिटो तालीकाअनुसार कार्यान्वयनमा लैजाने विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवलायले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।