ढुङ्गाले थिच्दा अरुण तेस्रोमा काम गर्ने एक मजदुरको ज्यान गयो

 मंसिर १६, २०७८ बिहिबार १३:२१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

सङ्खुवासभा - सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा काम गर्ने एक जना मजदुरकाे ढुङ्गा थिचेर ज्यान गएको छ ।

चिचिला गाउँपालिका–३ सोलाखानीमा रहेकाे सुरुङ भित्र काम गर्ने क्रममा ढुङ्गा खसेर लाग्दा भारत मध्यप्रदेश घर भएका मुगेरीलाल सिंहकाे ज्यान गएकाे हाे । 

गएराति सुरुङभित्र काम गर्ने क्रममा ढुङ्गा खसेर लाग्दा घाइते हुनुभएका सिंहलाई थप उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको थियो । 

जिल्ला अस्पताल खाँदबारीमा उपचारका क्रममा उहाँकाे आज बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया