मतदाता नामावली संकलन आजदेखि, आफू बसेकै ठाउँबाट पनि नाम दर्ता गर्न सकिने

 मंसिर १७, २०७८ शुक्रबार ८:९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - निर्वाचन आयोगले छुटेकाहरुलाई आफू बसेको ठाउँबाट मतदाता नामावली दर्ता गर्न आग्रह गरेको छ ।

आजदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली सङ्कलन गर्ने निर्वाचन आयोगले जनाएको छ ।

रोजगारी वा अध्ययनको सिलसिलामा आफ्नो जिल्लाबाहिर रहेका व्यक्तिले अरु जिल्लाबाट पनि मतदाता नामावलीमा नाम दर्ता गराउन सक्नेछन् ।

यसअघिकाे मतदाता नामावलीमा छुटेकाहरूलाई समेट्न आफू बसेकै ठाउँबाट नामावली दर्ता गर्ने व्यवस्था मिलाइएकाे हाे ।  

मताधिकारबाट वञ्चित नहुन मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगले अनुरोध गरेको छ । आयोगका अनुसार हिमाली र पहाडी जिल्लाका पालिकामा १० दिनसम्म मतदाता नामावली सङ्कलन हुनेछ । त्यस्तै, तराई र काठमाण्डौ उपत्यकाका पालिकामा १५ दिनसम्म चल्नेछ ।

१६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका सबै नेपाली नागरिकले मतदाता नामावलीमा नाम समावेश गर्न सक्नेछन् । आफ्नो स्थायी ठेगाना रहेको जिल्लाका निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट नाम दर्ता गर्न मिल्ने आयोगले जनाएको छ ।

सूचना :

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Shailendra Prasad Koirala

    Dec. 3, 2021, 11:48 a.m.

    राम्रो सुरुवात

  •  0 Reply
  • Madhav prasad pandey

    Dec. 3, 2021, 8:35 a.m.

    good

  •  0 Reply

तपाईको प्रतिक्रिया