देशका धेरै ठाउँको मौसम बदली, केही ठाउँमा वर्षा र हिमपात

 मंसिर १७, २०७८ शुक्रबार १६:५६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अहिले देशको धेरैजसो ठाउँको मौसम बदली भएर वाग्मती, गण्डकी र सुदुरपश्चिमका केही ठाउँमा पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावका कारण यी ठाउँमा पानी परिरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुदुरपश्चिमा भने पश्चिमी वायुको प्रभाव अब बिस्तारै कम हुँदै जाने भएकाले पानी पर्ने क्रम पनि कम हुँदै जाने उहाँले बताउनुभयो । पश्चिमी वायुको प्रभाव बिस्तारै पूर्वतर्फ पर्न थालेको छ ।  

आज शुक्रवार रातिदेखि भोलि शनिवारसम्म नै प्रदेश १ बदली भएर पानी पर्ने सम्भावना छ । अरू प्रदेशमा भने आज रातिदेखि बिस्तारै मौसम सुधार हुँदै जाने सम्भावना छ ।

अहिले देशको उच्च पहाडी र हिमाली भेगमा हिमपात भइरहेको छ । अझै केही दिन उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । 

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया