बाली बीमा, अनुदान प्रणाली तथा उत्पादन मूल्य शृङ्खलामा आवश्यक नीति तयार गरिने

 मंसिर १८, २०७८ शनिबार ८:१८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय कृषि नीति अनुसन्धान केन्द्रले बालीको बीमा, अनुदान प्रणाली तथा उत्पादनको मूल्य शृङ्खलासहित विभिन्न क्षेत्रमा आवश्यक नीति तयार गर्ने भएको छ ।

पछिल्लो समय बाली बीमा, अनुदान प्रणाली, मूल्य शृङ्खला, प्रविधि अनुसरण तथा यसको प्रभाव र सामाजिक आर्थिक पक्ष जस्ता विषयमा चासो बढेको भन्दै केन्द्रले आवश्यक थप नीति बनाएर सरकारलाई निचोडका रुपमा दिने भएको हो ।

अर्थतन्त्रको मुख्य आधार नै कृषि क्षेत्र भएकाले यसमा देखिएका समस्या तथा चुनौतीको पहिचान गरी आवश्यक नीति बनाउने र भएका नीतिलाई परिमार्जन गर्न लागेको केन्द्रका प्रमुख डा.कृष्णप्रसाद तिम्सिनाले बताउनुभयो ।

कृषि नीतिमा सरकारलाई सहयोग पुर्याउने उद्देश्यसहित कृषि मन्त्रालय, कृषि विभाग, त्रिभुवन विश्व विद्यालय र गैर सरकारी संस्थाका विज्ञसहित आउँदो वर्षको कृषि नीति अनुसन्धान रणनीतिबारे छलफल गरेको पनि उहाँले जानकारी दिनुभयो ।

छलफलमा नार्कका निर्देशक डा. युगनाथ घिमिरे, राष्ट्रिय पशु अनुसन्धान प्रतिष्ठानका निमित्त निर्देशक डा.दोजराज खनाल, कृषि मन्त्रालयका वरिष्ठ अर्थ विज्ञ सिरिस पुन, विभागका डा. महादेव पौडेल, कृषि अर्थशास्त्र समाजका महासचिव डा. देवेन्द्र गौचनलगायतले सुझाव प्रस्तुत गर्नुभएको थियो ।

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया