‘माटोको प्रदूषण रोकौँ, उत्पादकत्व बढाऔँ’ नाराका साथ विश्व माटो दिवस मनाइँदै

 मंसिर १९, २०७८ आइतबार ११:३२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज विश्व माटो दिवस मनाइँदैछ । हरेक वर्ष ५ डिसेम्बरलाई विश्वभर विश्व माटो दिवसका रुपमा मनाउने गरिन्छ ।

जीवन र पर्यावरणमा भूमिका खेल्ने माटोको संरक्षणमा जोड दिएर यो वर्ष 'माटोको प्रदूषण रोकौँ, उत्पादकत्व बढाऔँ' भन्ने नारा तय गरिएको छ । विश्व माटो दिवसको अवधारणा माटो विज्ञानसम्बन्धी अध्ययन गर्ने अन्तर्राष्ट्रिय संस्थाले अगाडि सारेको थियो ।

थाइल्यान्डको नेतृत्वमा अगाडि सारेको अवधारणालाई सन् २०१३ मा राष्ट्रसङ्घको महासभाले ५ डिसेम्बरलाई विश्व माटो दिवसका रुपमा मनाउने प्रस्ताव पारित गरेको थियो । बढ्दो सहरीकरण र खेतीपातीमा प्रयोग हुने अनेक किटनाशक विषादीका कारण माटो कमजोर भइरहेको छ ।

थप प्रदूषित हुँदै गएको माटोको उब्जाउ क्षमतालाई फेरि सुदृढ बनाउन चेतना फैलाउनु दिवसको मुख्य उद्देश्य रहेको छ । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया