नयाँ नेतृत्वलाई लाेहनीकाे आग्रह : ‘नेता हुनेबित्तिकै म ठूलाे हुँ भन्ने भाव नराख्नुस्’

 मंसिर १९, २०७८ आइतबार १८:३८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले ‘म ठूलो हुँ’ भन्ने भाव नराख्न पार्टीका नवनिर्वाचित नेतृत्वलाई आग्रह गर्नुभएको छ । 

आज आइतवार राजेन्द्र लिङ्देन नेतृत्वको नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण समारोहमा बोल्दै निवर्तमान अध्यक्ष लोहनीले नेता हुनेबित्तिकै म ठूलो भएँ भन्ने भावना पाल्न नहुने बताउनुभएको हो । उहाँले पार्टीको विधि, पद्धति, दृष्टिकोण र दर्शनमा बाँधिएर पार्टीलाई देश हाँक्न सक्ने बनाउन सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने सुझाव दिनुभयाे ।  

निवर्तमान अध्यक्ष लोहनीले एक वर्षभित्र आवधिक चुनाव हुने र त्यसमा आफ्नो पार्टीले सकेसम्म सरकार बनाउने, नभए पनि सशक्त प्रतिपक्षको रूपमा उपस्थिति जनाउने गरी देशव्यापी रूपमा जागरण अभियान सञ्चालन गर्न नयाँ नेतृत्वलाई सुझाव दिनुभयो । उहाँले नयाँ नेतृत्वले पार्टीका अग्रजहरूको सम्मान गर्दै अघि बढ्ने विश्वाससमेत व्यक्त गर्नुभयो । 

निवर्तमान अध्यक्ष लोहनीले राप्रपालाई देशको भरपर्दो प्रजातान्त्रिक शक्तिको रूपमा स्थापित गराउँदै अघि बढ्नुपर्ने आवश्यकतामा पनि जोड दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया