दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै - कांग्रेसको महाधिवेशन सुरु हुने दिन नजिकिँदै गए पनि संस्थापन र इतरपक्षले उम्मेदवारीका लागि आ–आफ्नो समूह बनाउन सकेका छैनन् । संस्थापनमा सभापति शेरबहादुर देउवा नै अघि सर्ने निश्चित भए पनि अन्य पदमा क–कसलाई समेट्ने टुङ्गो लागेको छैन ।
प्रधानमन्त्री समेत रहेका सभापति देउवाले नेता कृष्णप्रसाद सिटौला समूहसँग समीकरण बनाउन खोज्नु भएको छ । यस्तै, संस्थापन इतरबाट सभापतिकै उम्मेदवार को बन्ने भन्ने टुङ्गो लागेको छैन । हिजो बेलुका रामचन्द्र पौडेल समूहमा केन्द्रीय सभापतिको साझा उम्मेदवार टुङ्गो लगाउन छलफल भए पनि सहमति जुट्न सकेन ।
हिजो पौडेलसहित महामन्त्री शशाङ्क कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाबीच छलफल भएको थियो । तर, सहमति नभए पछि आज फेरि बैठक बस्न लागेको हाे। दिउँसो १ बजे बस्ने बैठकले साझा उम्मेदवार तोक्ने सम्भावना छ ।
यस्तै, कांग्रेसको १४औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरू काठमाण्डाै आउने क्रम सुरु भएको छ । कांग्रेसको १४औँ महाधिवेशन आउँदो शुक्रवारदेखि आइतवारसम्म काठमाण्डौमा हुँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।