पालिका तहका १६ सयभन्दा धरै कर्मचारीको सरुवा (सूचीसहित)

 मंसिर २१, २०७८ मंगलबार १७:३२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले पालिका तहका १६ सयभन्दा धरै कर्मचारीको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्तरपालिका तहमा १६ सय १३ जना कर्मचारीको काज सरुवा गरेको हो ।

पालिकामा कार्यरत कर्मचारीले आफूलाई अपायक भएर मन्त्रालयमा दिएको निवेदनका आधारमा अर्को पालिकामा खटाउने निर्णय गरेको मन्त्रालयले प्रकाशित गरेको सूचनामा उल्लेख छ । अर्को तहमा जानका लागि निवेदन दिएकाहरूले मापदण्ड भने पूरा गरेको हुनुपर्छ । एक पालिकाबाट अर्को पालिकामा सरुवा हुनका लागि काम गरिरहेको पालिका र जान चाहेको पालिका दुवैको सहमति आवश्यक पर्छ ।

पालिका तहका कर्मचारीहरूको सरुवासम्बन्धी कानुनी व्यवस्थाको अभावका कारण अहिले अन्तरपालिका तह कामकाजमा खटाउने निर्णय भएको स्थानीय तह समन्वय शाखामा कार्यरत चिरञ्जिवी नेपालले जानकारी दिनुभयो । नयाँ संविधान जारी भएपछि लोक सेवा आयोगले लिएको परीक्षामा उत्तीर्ण भइ नियुक्त भएका पालिकाका कर्मचारीहरूलाई मात्रै मन्त्रालयले सरुवा गरेको हो । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया