एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डाै – गुण्डागर्दी गरी ९० लाख २५ हजार रुपैयाँ रकम असुली गरेको अभियोगमा प्रहरीले दुई जनालाई काठमाण्डौबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुकेधारा बस्ने ४० वर्षीय मिलन जोशी र बालुवाटार बस्ने दोलखा भीमेश्वर नगरपालिका–५ माटी ठेगाना भएका रवीन्द्र बस्नेत रहेका छन् ।
उनीहरुले पानीपोखरीको युनिभर्सल इन्टरनेशनल मेनपावर कम्पनीका सञ्चालकलाई आफूहरू त्यस क्षेत्रको 'दादा' भएको भन्दै विदेश पठाएका व्यक्तिहरूबाट लिएको रकममध्येको कम्तीमा प्रति–व्यक्ति २५ हजार रुपैयाँका दरले कमिसन लिने गरेका थिए ।
यही मङ्सिर १६ गते कम्पनीका सञ्चालक, सञ्चालकको श्रीमती र कर्मचारीसमेतलाई ज्यान मार्ने धम्की दिइ थप रकम माग गर्दै हातपातसमेत गरेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई काठमाण्डाै मित्रपार्कबाट पक्राउ गरेको हो । उनीहरूलाई आपराधिक लाभ लिएको कसुर मुद्दामा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाण्डाै पठाइएको महाशाखाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।