स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा
माघ २१, २०८१ सोमबार
काठमाण्डाै – नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले आफ्नो टिकट बिक्री कक्षमा नेपाली मौलिक उत्पादनको पनि बिक्री थालेको छ ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमको टिकट बिक्री कक्षमा सोभेनियर सेल्स काउन्टरको उद्घाटन गर्नुभयो । केन्द्रीय कार्यालयको टिकट बिक्री कक्षमा खोलिए जस्तै सोभेनियर सेल्स काउन्टर निगमका अन्य कार्यालयमा पनि क्रमशः खोल्दै जाने लक्ष्य राखिएको छ ।
नेपालको कला, संस्कृतिलाई अन्तर्राष्ट्रिय जगतमा व्यापकता प्रदान गर्दै विपन्न वर्गको सीपलाई प्रोत्साहन गर्ने उद्देश्यले टिकट बिक्री कक्षमा साेभिनियर सेल्स काउन्टरकाे स्थापना गरिएको निगमले जनाएको छ । ।
नेपाली कच्चा पदार्थ बाँस, अल्लो, घाँस आदिबाट बनेका ढक्की, ब्यालेट, पर्सका साथै कप, टी–म्याट, विमान चढ्दा सजिलोका लागि लगाउने नेक पिलो र विमानका नमुना जस्ता सामान सेल्स काउन्टरमा उपलब्ध हुनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।