कांग्रेस महाधिवेशनको आचारसंहिता : सानेपा र भृकुटीमण्डपमा प्रचार गर्न रोक, मतदानस्थलमा मोबाइल प्रतिबन्ध

 मंसिर २२, २०७८ बुधबार १८:५२:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि निर्वाचन समितिले आचारसंहिता जारी गरेको छ ।

आचारसंहिताअनुसार उम्मेदवारले प्रचारप्रसार गर्दा भिजिटिङ कार्ड र सामान्य अपिल वितरण गर्न सक्ने, कसैको व्यक्तिगत चरित्रमा लाञ्छना लाग्ने गरी प्रचार गर्न नपाइने उल्लेख छ ।

यस्तै केन्द्रीय कार्यालय वीपी स्मृति भवन सानेपा, भृकुटीमण्डप र राष्ट्रिय सभा गृह कांग्रेसको महाधिवेशन क्षेत्र भएकाले यी ठाउँको पाँच सय मिटर वरपर चुनावसँग सम्बन्धित भित्ते लेख, तुल, ब्यानर, पर्चा पम्प्लेट, माइकिङ लगायतका प्रचारप्रसार गर्न पाइने छैन । त्यस्तो गरेको पाइएमा निर्वाचन समितिले  हटाउनेछ ।

यस्तै मतदानस्थल भृकुटीमण्डप र राष्ट्रिय सभा गृह भित्र मोबाइल फोन प्रतिबन्ध गरिएको पनि केन्द्रीय निर्वाचन समितिले जनाएको छ । 

कांग्रेसकाे १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि काठमाण्डाैमा सुरु हुँदैछ । 

अन्तिम अपडेट: असार ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया