मकवानपुरका झण्डै ६ हजार भूकम्प पीडितले पाएनन् दोस्रो र तेस्रो किस्ताको अनुदान रकम

 मंसिर २३, २०७८ बिहिबार ७:४१:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर - मकवानपुरमा भूकम्पमा घर क्षति भएका झण्डै ६ हजार जना भूकम्प पीडितले दोस्रो र तेस्रो किस्ताको रकम पाउन सकेका छैनन् ।

भूकम्पपछि आफ्नो घर निर्माण गरे पनि सरकारले दिने भनेको अनुदान रकम पाउन नसक्दा समस्या भएको भूकम्प पीडितको गुनासो छ ।

मकवानपुरका दश वटै पालिकामा गरी झण्डै ६ हजारले अनुदानको रकम पाउन नसकेका हुन् । चालु आर्थिक वर्षको साउन महिनादेखि अहिलेसम्म भूकम्प पीडितलाई रकम निकासा नहुँदा समस्या भएको हो । भूकम्प पीडितले ऋण गरेर घर निर्माण गरेको तर दोस्रो र तेस्रो किस्ताको रकम प्राप्त गर्न नसक्दा समस्या भएको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताउनुभयो ।

जिल्ला आयोजना कार्यान्वयन इकाइ, भवन तथा आवास कार्यालय मकवानपुरले भूकम्प पीडितका लागि दोस्रो र तेस्रो किस्ताको रकम वितरण गर्नका लागि ४० करोड रुपैयाँ सङ्घीय सरकारसँग माग गरेर पठाएको जनाएको छ । तर, त्यो रकम निकासा गर्न ढिलाइ हुँदा भूकम्प पीडितलाई दिन समस्या भएको जिल्ला आयोजना कार्यान्वयन इकाइको भनाइ छ । सरकारले छिटो रकम निकासा गर्नुपर्ने अध्यक्ष लामाले बताउनुभयो । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया