भारतीय जेलमा ४१ वर्ष थुनिएका दुर्गाप्रसादलाई तत्काल ५ लाख भारु क्षतिपूर्ति दिन अदालतको आदेश

 मंसिर २३, २०७८ बिहीबार ७:४८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल त तस्बिर

काठमाण्डाै - विना कसुर भारतीय जेलमा ४१ वर्ष थुनिएर गएको चैतमा रिहा भएका इलाम माई नगरपालिका– १० लुम्बकका दुर्गाप्रसाद तिम्सिना दीपक जैसीलाई तत्काल भारु पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिन कोलकाता उच्च अदालतले आदेश दिएको छ ।

उच्च अदालतका मुख्य न्यायाधीश प्रकाश श्रीवास्तव र न्यायाधीश राजर्षि भारद्वाजको संयुक्त इजलासले तिम्सिनाको खातामा तत्काल भारु पाँच लाख अर्थात आठ लाख नेपाली रुपैयाँ जम्मा गर्न पश्चिम बङ्गाल सरकारलाई आदेश दिएको हो ।

आदेशअनुसार अबको ६ हप्ताभित्र दीपक जोशीको खातामा बङ्गाल सरकारले रकम जम्मा गर्नु पर्ने छ । सकेसम्म यो रकम दुर्गाप्रसादकै खातामा पठाइने कोलकातामा रहेको नेपाली महावाणिज्यदूत ईश्वर पौडेलले बताउनुभयो । दुर्गा प्रसादको खातामा पठाउन नसके आमा वा नजिकको आफन्तको खातामा पठाइने पनि उहाँले बताउनुभयो ।  यस्तै, उहाँले यो आदेशले थप क्षतिपूर्तिका लागि असर नपार्ने पनि बताउनु भएको छ ।

अनाहकमा जेलमा राखिएकै कारण मानसिक रोगी बनेका तिम्सिनाको औषधि उपचारमा समस्या पर्दै आएको थियो । अदालतको आदेशले परिवारलाई राहत महसुस भएको छ । दार्जिलिङकी एक महिलाको हत्या अभियोगमा विना कसुर जेल परेका तिम्सिनाले सुनुवाइ विना नै ४१ वर्ष भारतीय जेलमा बिताउनु भएको थियो ।

अभियोग नै पुष्टि नभइ जेलमा राखिएका दुर्गा प्रसादको मानसिक अवस्था ठीक नभएको भन्दै गएको चैतमा जेलबाट रिहा गर्न कोलकाता उच्च अदालतले आदेश दिएको थियो । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया