त्रिभुवन विमानस्थलमा निःशुल्क सटल बस सेवाले यात्रुलाई सहज

 मंसिर २३, २०७८ बिहीबार ८:३९:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन गरिएको निःशुल्क सटल बस सेवाले यात्रुलाई सहज भएको छ ।

विमानस्थलमा ट्याक्सी चालक मिटरमा जान नमान्ने तथा भाडा महँगाे भएको यात्रुको गुनासोपछि तीन वटा माइक्रो बसलाई सटल बसका रुपमा सञ्चालन गरिएको छ ।

विमानस्थलदेखि गोल्डेन गेट र गोल्डेन गेटदेखि विमानस्थलसम्म निःशुल्क सेवा छ ।

सटल बस सेवा सुरु भएपछि यात्रुका सर–सामान गोल्डेन गेटसम्म लैजान र विमानस्थलसम्म पुर्याउन सहज भएको विमानस्थलका कर्मचारी यज्ञराज भट्टले बताउनुभयो ।

विमानस्थलका महाप्रबन्धक भोला गुरागाईंँका अनुसार सटल बस हरेक दिन बिहान ६ बजेदेखि राति ११ बजेसम्म सञ्चालन भइरहेका छन् ।

सटल बस सेवाले ट्याक्सी चालकको ठगीबाट राहत पुगेको यात्रु विनोद जोशीले बताउनुभयो ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया