सरकारी कार्यालय : भ्रष्टाचार हुने प्रमुख क्षेत्र

 मंसिर २३, २०७८ बिहीबार ८:५९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस, ‘भ्रष्टाचार बहिस्कार गर्न तपाईँको अधिकार, तपाईँको भूमिका’ नाराका साथ दिवस मनाउन लागिएको छ ।

संयुक्त राष्ट्रसङ्घले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर हरेक वर्ष डिसेम्बर ९ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

भ्रष्टचार हुन नदिने भनिए पनि नेपालमा भ्रष्टाचार मौलाउँदो छ । पछिल्लो समय नेपालमा ५८ प्रतिशतले भ्रष्टाचार बढिरहेको ग्लोबल करप्सन ब्यारोमिटर एसियाको सन् २०२० को प्रतिवेदनमा उल्लेख छ । सरकारी कार्यालय भ्रष्टाचार हुने प्रमुख क्षेत्रका रुपमा रहेको समेत पाइएको छ ।

भ्रष्टाचार विरुद्धको राजनीतिक प्रतिबद्धता र शून्य सहनशीलता बोल्ने नारामा मात्र सीमित रहेकाले भ्रष्टाचार कम हुन नसकेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जनाएको छ । तर सूचना प्रविधिको अधिकतम उपयोग गर्दै अनलाइन सेवालाई थप सुदृढ बनाउँदै लगेकाले भ्रष्टाचार कम हुँदै गएको सरकारको दाबी छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले दिवसका अवसरमा शुभकामना दिँदै विकास आयोजनासहित हरेक क्षेत्रमा सुशासन कायम गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया