कांग्रेस महाधिवेशन : काठमाण्डौ भित्रने बढे, आज चाप हेरेर गाडी डाइभर्सन गरिने

 मंसिर २४, २०७८ शुक्रबार ७:५९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका कारण काठमाण्डौ भित्रिनेहरुको चाप बढेको छ ।

कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने भने पनि काठमाण्डौ आसपास जिल्लाका नेता, कार्यकर्ता काठमाण्डौ आउन थालेका हुन् । मुख्य नाकासँगै काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा  चाप बढ्न थालेको ट्राफिक प्रहरीले जनाएको छ ।

गएको २४ घण्टामा काठमाण्डौसँग जोडिएका विभिन्न पाँच नाकाबाट झण्डै ५० हजार यात्रु भित्रिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाकाअनुसार यो अवधिमा ८ हजार ६ सयभन्दा धेरै गाडी उपत्यका भित्रिएका छन् ।

यो सङ्ख्या आज अझै बढ्न सक्ने अनुमान छ ।  यसअघि सामान्य दिनमा विभिन्न नाका भएर ६/७ हजारको हाराहारीमा गाडी उपत्यका भित्रिने गरेका थिए  ।  कांग्रेस महाधिवेशनका कारण काठमाण्डौमा चहलपहल बढेको छ ।

बिहान ९ बजेसम्म ओहोरदोहोरमा खासै समस्या नभए पनि त्यसपछि जाम हुने गरेको छ । बढ्दो चापलाई मध्यनजर गर्दै आज गाडी डाइभर्सन गर्ने तयारी छ । अहिले बिहान चाप धेरै नभएकाले सामान्य रुपमा गाडी चलिरहेका छन् ।

चाप बढ्नासाथ राष्ट्रिय सभागृह र पद्मोदय मोडबाट गाडी डाइभर्सन गर्ने तयारी भएको महाशाखाले जनाएको छ । दिउँसोको समयमा भीड हुन सक्ने भएकाले सकेसम्म यो सडकको प्रयोग नगर्न पनि ट्राफिक प्रहरीको अनुरोध छ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया