रुकुममा पहिलो पटक घरेलु हिंसाको मुद्दामा फैसला

 मंसिर २४, २०७८ शुक्रबार १७:५५:५४ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – महिला हिंसाविरुद्धकाे १६ दिने अभियान चलिरहेका बेला रुकुम पश्चिमकाे जिल्ला अदालतमा पहिलो पटक घरेलु हिंसाको मुद्दामा फैसला भएको छ । रुकुम पश्चिमकाे त्रिवेणी गाउँपालिका वडा नम्बर ७ का रामबहादुर खड्काविरुद्ध परेको घरेलु हिंसाको मुद्दामा फैसला भएको हो । 

गएकाे मङ्गलवार रुकुम जिल्ला अदालत मुसिकोटका न्यायाधीश विद्याराज पौडेलको इजलासले प्रतिवादी खड्कालाई पाँच हजार रुपैयाँ जरिबाना र एक लाख रुपैयाँकाे क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले बताउनुभयो । 

स्रेस्तेदार बोहराका अनुसार खड्काविरुद्ध उहाँकी श्रीमती अमृता केसीले घरेलु हिंसा गरेको भन्दै मुद्दा दायर गर्नुभएको थियो । 

नेपाल बार एसाेसिएशन रुकुम पश्चिमका अध्यक्ष गणेश हमालले जिल्लामै घरेलु हिंसाको मुद्दामा पहिलो पटक फैसला भएको बताउनुभयो । अध्यक्ष हमालले विश्वभर महिला हिंसाविरुद्धको अभियान चलिरहेकै बेला जिल्ला अदालतबाट महत्त्वपूर्ण फैसला भएको बताउनुभयाे । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया