बेमौसमी वर्षाले धानबालीमा क्षति बेहोरेका किसानलाई केही दिनभित्रै राहत वितरण गरिने

 मंसिर २५, २०७८ शनिबार ९:४६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - कात्तिकको बेमौसमी वर्षाले धानबालीमा क्षति बेहोरेका किसानलाई केही दिनभित्रै राहत वितरण गर्ने सरकारले जनाएको छ ।

राहतको विषयमा यसअघि नै निर्णय भइसके पनि प्रक्रिया लामो भएका कारण वितरण गर्न ढिलाइ भएको हो । अब सबै प्रक्रिया पूरा गरेर रकम निकासा गर्न मात्रै बाँकी रहेको क्षति मूल्याङ्कन छानबिन समितिमा रहनुभएका गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

रकम किसानको बैंक खातामा पठाउने तयारी छ । बैंक खाता नभएका किसानलाई आफ्नो पालिकामा गरेर छिटो खाता खोल्न उहाँको आग्रह छ । धानबालीमा क्षति बेहोरेका किसानलाई २० देखि ६५ प्रतिशतसम्म राहत दिने सरकारले यसअघि नै निर्णय गरिसकेको छ ।

क्षेत्रफलका आधारमा साना, मध्यम र ठूला किसान वर्गीकरण गरी २० देखि ६५ प्रतिशतसम्म क्षतिपूर्ति दिन लागिएको हो । गएको कात्तिकमा परेको बेमौसमी वर्षाका कारण देशभर झण्डै सात अर्ब २२ करोड रुपैयाँ बराबरको धानबाली क्षति भएको कृषि तथा पशुपक्षी मन्त्रालयको तथ्याङ्क छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया