मागअनुसार आपूर्ति हुन नसक्दा  रासायनिक मलको अभाव

 मंसिर २५, २०७८ शनिबार १०:३४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - माग अनुसारको आपूर्ति हुन नसक्दा मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।

अहिलेको हिउँदे बालीका लागि ६० देखि ७० हजार मेट्रिक टन डीएपी मल आवश्यक भए पनि  २५ हजार मेट्रिक टन मात्रै भित्रिएकाले मलको अभाव भएको हो ।  

मागको ७० प्रतिशत मल ल्याउने जिम्मेवारी कृषि सामग्री कम्पनी लिमिटेडले पाएको छ भने ३० प्रतिशत निजी क्षेत्रलाई दिइएको छ ।  

निजी क्षेत्रले मल नै ल्याउन सकेन भने लिमिटेडले पनि टेन्डर पर्दै नपरेको, परे पनि लागत अनुमान भन्दा धेरै परेको लगायतका कारणले पर्याप्त  मल ल्याउन नसकेको जनाएको छ ।

यस्तै अन्तर्राष्ट्रिय बजारमा ३ सयदेखि ३ सय ५० प्रतिशतसम्म मूल्य वृद्धि भएकाले थप मल ल्याउन प्रक्रिया अगाडि बढाउन समस्या भएको कृषि सामग्री कम्पनी लिमिटेडका सूचना अधिकारी राजेन्द्र बहादुर कार्कीले बताउनुभयो ।  धान बालीका लागि  जेनतेन जोहो गरेका किसानले गहुँ खेतीका लागि फेरि मल अभाव झेलिरहेका छन् ।

किसानले हरेक सिजनमा रासायनिक मलको अभाव झेल्नुपर्ने ‘नियति’ नै बनेको छ । बर्खामा रोपाइँका बेला होस् वा गहुँ छर्दा, समयमै कहिल्यै मल पाउँदैनन् ।  धेरै ठाउँका  किसानले डीएपी मलविना नै गहुँ छरिरहेका छन् ।  

मल विना नै हिउँदे बाली लगाउँदा राम्ररी उत्पादन नहुने भन्दै किसान चिन्तित भएका छन् । यस्तै चैते धानबालीका लागि अहिले नै मल ल्याउनका  लागि बोलपत्र आह्वान गर्नुपर्ने भए पनि सरकारले त्यसो गर्न नसक्दा चैते धानका लागि झनै मलको अभाव हुन सक्ने उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया