‘जता प्रकाशमान उतै म’ – विश्व प्रकाश

 मंसिर २८, २०७८ मंगलबार १३:९:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै -  प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गर्ने हुनुभएको छ । 

उहाँले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफू देउवालाई समर्थन गर्ने प्रकाशमान सिंहको निर्णयको पक्षमा रहेको बताउनु भएको हो । 

उहाँले नेता सिंहको नेतृत्वमा महामन्त्रीको उम्मेदवार भएकाले उहाँको समर्थनमा उभिनु आफ्नो कर्तव्य भएको बताउनु भएको छ । 

उहाँले लेख्नुभएको  छ ‘सर्वसम्मति सर्वोत्तम । दोस्रो चरणमा जानै पर्दा प्रस्ट्याउँदछु–नेता प्रकाशमान सिंहको नेतृत्वमा महामन्त्रीको उम्मेदवार भएकाले उहाँ उभिनु भएको ठाउँमा म उभिनुपर्छ । पराजित भए पनि उहाँलाई साथ दिनु मेरो कर्तव्य हो । सही निर्णय गर्न सक्ने उहाँको क्षमताप्रति म विश्वस्त छु ।’

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया