कांग्रेस सभापतिकाे दोस्रो चरणको मतदान सुरु

 मंसिर २८, २०७८ मंगलबार १६:१०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  नेपाली कांग्रेसको सभापति चयनका लागि दोस्रो चरणको मतदान सुरु भएको छ । अहिले दिउँसो साढे ३ बजेदेखि सुरु भएको मतदान बेलुका साढे ७ बजेसम्म चल्नेछ । भोट हाल्नका लागि कांग्रेसका महाधिवेशन प्रतिनिधि लाइन बसेका छन् ।

राष्ट्रिय सभा गृहबाहिर प्रदर्शनीमार्गमा कांग्रेस नेता, कार्यकर्ताको भिड लागेको छ। प्रहरीले महाधिवेशन प्रतिनिधिलाई मात्र कार्ड हेरेर राष्ट्रिय सभा गृहमा प्रवेश दिएको छ ।

सभापतिका कुनै पनि उम्मेदवारले पहिलो चरणको चुनावमा बहुमत ल्याउन नसकेपछि दोस्रो चरणमा मतदान हुन लागेको हो। पहिलो चरणमा अग्रस्थानमा भोट ल्याउने दुई उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुन लागेको हो । 

सभापतिका दुवै उम्मेदवारहरू मतदानस्थलमा हुनुहुन्छ । पहिलो चरणमा सभापतिका प्रत्यासी रहेका अन्य तीन जना प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गर्ने बताएका छन् ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया