काठमाण्डौमा यस वर्षकै चिसो, न्यूनतम तापक्रम ४ दशमलव ३ डिग्री सेल्सियस

 मंसिर २९, २०७८ बुधबार ११:३:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौको न्यूनतम तापक्रम आज यस वर्षकै सबैभन्दा कम छ । बिहान पौने ९ बजेको मापनमा काठमाण्डौको न्यूनतम तापक्रम ४ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ ।

यस अघि बिहान ६ बजे ४ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको थियो । मौसविद् मन्जु बासीकाअनुसार अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । यसकै कारण आज काठमाण्डौमा पारिलो घाम लाग्ने  सम्भावना कम रहेको उहाँले बताउनुभयो ।

उहाँकाअनुसार आज वाग्मती र गण्डकी प्रदेश तथा प्रदेश १ र २ को मौसम आंशिक बद्ली हुने सम्भावना छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण पर्सि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको छ । 
 

अन्तिम अपडेट: जेठ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया