दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – प्रदेश २ को प्रदेश सभाको आठौं अधिवेशनको पहिलो बैठक आज बस्दै छ । अधिवेशनमा मन्त्रिपरिषद बिस्तारबारे जानकारी, दलहरुको शुभकामना, प्रदेशको नाम र राजधानी तथा प्रदेश सरकारले ल्याएका कृषि विश्वविद्यालय र प्राविधिक शिक्षा सम्बन्धी अध्यादेश पेस हुने सम्भावना छ ।
बैठकमा प्रदेशसभाको नाम पनि प्रस्ताव गर्ने तयारी छ । पहिलो दिनको बैठकमा प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्रबारे सभालाई जानकारी गराइने प्रदेससभा सांसद सचिवालयका सचिव रञ्जित यादवले बताउनुभयो । प्रदेश २ मा गठबन्धनको सरकारले पूर्णता पाएपछि पहिलोपटक आह्वान भएको अधिवेशनमा प्रदेशसभाबाट पारित विधेयकमा रहेका त्रुटीहरू संशोधन र प्रदेशको नाम तथा राजधानी टुंगो लगाउने प्रदेश सरकारले तयारी गरेको छ । प्रदेश २ को नामाकरण र राजधानीको अहिलेसम्म टुंगो लाग्न सकेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Sunil Kumar Prajapati
Dec. 15, 2021, 12:18 p.m.सम्पूर्ण हाम्रा प्रदेश सभाहरुलाई नमस्कार यस प्रदेश को नाम तराई प्रदेश तथा वीरगंज राजधानी राख्दा यस प्रदेश को ठूलो आम्दानीको श्रोत पनि बढन सक्छ किनकि उद्योगहरु भने वीरगंज मा छन् /