सभापति देउवालाई रामचन्द्र पौडेलद्वारा बधाई

 मंसिर २९, २०७८ बुधबार १२:५९:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिनुभएको छ । पौडेलले एक विज्ञप्तिमार्फत देउवालाई बधाई दिँदै राष्ट्रिय जीवन र पार्टीको जीवन गम्भीर मोडमा रहेकाले यसतर्फ ध्यान दिन आग्रह गर्नुभएको छ ।

पौडेलले सात दशक लामो संघर्षबाट स्थापित भएको लोकतन्त्र र संविधानसभामार्फत जारी भएको संविधान खतरामुक्त नरहेको भन्दै दुवै संकटलाई पार लगाउन एकताबद्ध र सुदृढ कांग्रेस अहिलेको आवश्यकता रहेको पनि बताउनुभएको छ । देउवालाई लोकतन्त्र र सुशासनको रक्षामा सफलता मिलोस् भन्दै पौडेलले शुभकामना दिनुभएको छ ।​


 

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया