झापामा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गयो

 पुष १, २०७८ बिहीबार ६:४९:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - झापामा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक इलाम रोङ गाउँपालिकाका सन्तोष राई र पछाडि बसेका रोङ गाउँपालिकाकै चन्द्रबहादुर राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हिजो बेलुका भएको दुर्घटनामा घाइते भएका ३३ वर्षका सन्तोष र ४० वर्षका चन्द्रबहादुरको उपचारका क्रममा झापाको बीएण्डसी अस्पताल बिर्तामोडमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

पूर्व-पश्चिम राजमार्गमा ना ५ ख ७९३७ नम्बरको बस र मे ७ प २८४६ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया