जयनगर–बर्दिबास रेलमार्ग अन्तर्गत बिजुलपुरा–बर्दिबास खण्डमा जग्गाको मुआब्जा निर्धारण

 पुष १, २०७८ बिहीबार ८:८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - भारत सरकारले निर्माण गर्ने जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत बिजुलपुरा–बर्दिबास खण्डमा जग्गाको मुआब्जा निर्धारण सकिएको छ । 

भारत सरकारले धनुषा जिल्लाको कुर्थाबाट महोत्तरीको बिजुलपुरासम्म रेलमार्ग निर्माण गरिरहँदा त्योभन्दा अगाडिको खण्डमा पनि निर्माणस्थल खाली गरिएको हो । पहिले बिजुलपुरादेखि बर्दिबास खण्डमा जग्गा प्राप्तिको समस्या रहेको रेल विभागका महानिर्देशक दीपककुमार भट्टराईले बताउनुभयो।

अहिले जग्गाको मूल्य निर्धारण भइसकेको र बर्दिबास स्टेसनको लागि जग्गा प्राप्ति गरिएको उहाँले बताउनुभयो। विभागले जग्गा छुट्याइरहँदा भारतीय पक्षले ट्र्याक बनाउने तयारी गरेको छ । जिल्ला प्रशासन कार्यालयमा रहेको मुआब्जा निर्धारणसम्बन्धी समितिले जग्गाको मुआब्जा निर्धारण गरेको हो।

सरकारले भारत सरकारसँग एक दशक पहिले गरेको सम्झौताअनुसार रेलमार्ग निर्माण अघि बढेको छ । भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म रेलमार्ग निर्माण दुई वर्ष पहिले नै सम्पन्न भएको थियो । सरकारले गएको वर्ष नै रेल सेट खरिद गरेको थियो।

भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्ग बिजुलपुरा हुँदै बर्दिबाससम्म विस्तार हुनेछ । कुर्थाबाट बिजुलपुरा खण्ड १७ किलोमिटरसमेत गरेर जयनगर–बिजुलपुरा ५२ किलोमिटर रहेको छ । जनकपुर–कुर्था रेलमार्ग निर्माणका लागि सरकारले भारत सरकारसँग सन् २०१० मा सम्झौता गरेको थियो।

भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा सीमा क्षेत्रमा पाँच ठाउँमा रेलमार्ग निर्माण सुरु भएको थियो । तीमध्ये जयनगर–कुर्था र विराटनगर–जोगबनीबाहेक अरु तीन ठाउँमा निर्माणको काम सुरु हुन सकेको छैन।

भारत सरकारसँगको सम्झौताअनुसार नै विराटनगरबाट बथनाहासम्म निर्माण अघि बढेको भए पनि सम्पन्न भइसकेको छैन । सीमा क्षेत्रमा निर्माण गर्ने भनिएको अरु तीन रेलमार्गमा जलपाइगुडी–काँकडभिट्टा, नौतनहवा–भैरहवा र नेपालगञ्जरोड–नेपालगञ्ज रहेका छन्।

अन्तिम अपडेट: असोज १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया