जुम्लामा धौलीगाड खानेपानी आयोजना निर्माणका लागि अर्थ मन्त्रालयकाे सहमति

 पुस १, २०७८ बिहिबार ८:३३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जुम्लामा धौलीगाड खानेपानी आयोजना निर्माण गर्न अर्थ मन्त्रालयले सहमति दिएको छ ।

आयोजना निर्माण लागत एक अर्ब २६ करोड आठ लाख चार सय ९० रुपैयाँ रहेको छ । धौलीगाड बृहत् खानेपानी आयोजनाको बहुवर्षीय ठेक्कासम्बन्धी मापदण्ड, २०७७ बमोजिम सहमतिका लागि लेखिएको विषय पेस हुँदा राष्ट्रिय योजना आयोगको निर्णयअनुसार प्रक्रिया पूरा गरी खरिद प्रक्रिया अघि बढाउने गरी मन्त्रिस्तरीय निर्णय भएको अर्थ मन्त्रालयको पत्रमा उल्लेख छ ।

कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्लामा आयोजना बनेपछि जुम्ला सदरमुकाममा खानेपानी अभाव हट्नेछ ।

चन्दननाथ, गुठीचौर र तातोपानी गाउँपालिका गरी नौ हजार एक सय ८ घरधुरीका ४४ हजार १६३ जनसङ्ख्या लाभान्वित हुनेछन् ।तीन वटै पालिकाबाट एक करोड ४६ लाख रुपैयाँ बैंकमा अग्रिम जम्मा गरेपछि आयोजना सफल भएको छ ।

चन्दननाथ नगरपालिकाले ५० लाख, तातोपानी गाउँपालिकाले ५० लाख र गुठीचौर गाउँपालिकाले ४६ लाख रुपैयाँ बजेट बैंक धरौटी राखेका छन् । 
 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया