महामन्त्रीमा गगन थापाको जित सुनिश्चित, विश्वप्रकाश शर्माको सम्भावना पनि बलियो

 पुष १, २०७८ बिहीबार १४:२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापाको जित सुनिश्चित भएको छ ।

मतगणना अन्तिम चरणमा पुग्दा थापा अरुभन्दा फराकिलो अन्तरले अगाडि हुनुहुन्छ भने दोस्रो स्थानमा रहेका विश्वप्रकाश शर्माले पनि मतान्तर बढाउँदै लैजानुभएको छ ।  ३१ सयभन्दा धेरै मतगणनामा थापाले २ हजार ३२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै दोस्रोमा विश्वप्रकाश शर्माको १ हजार २५५ मत छ ।

तेस्रो स्थानमा रहेका डा. प्रकाशशरण महतको १ हजार २४, प्रदीप पौडेलको ९३५, डा. मिनेन्द्र रिजालको ५४६ र डा .राजाराम कार्कीको ७५ मत छ । अग्रता लिइरहेका थापा डा. शेखर कोइराला समूहबाट र शर्मा प्रकाशमान सिंहको समूहबाट महामन्त्रीको उम्मेदवार हुनुहुन्छ ।

सभापति शेरबहादुर देउवा समूहबाट महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार हुनुहुन्छ । त्यसैगरी डा. कोइराला समूहबाट अर्का उम्मेदवार डा. मिनेन्द्र रिजाल र विमलेन्द्र निधिको समूहबाट डा. राजाराम कार्की महामन्त्रीका उम्मेदवार हुनुहुन्छ ।

कांग्रेसको विधानअनुसार महामन्त्रीका ६ जना उम्मेदवारबाट दुई जना चयन हुनेछन् । सभापति र उपसभापतिको मतगणना सकिसकेको छ । सभापतिमा देउवा र उपसभापतिमा देउवा समूहका पूर्णबहादुर खड्का र कोइराला समूहका धनराज गुरुङ निर्वाचित हुनुभएको छ । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया