कांग्रेस सहमहामन्त्री मत परिणाम : डिना उपाध्याय, भीष्मराज आङ्देम्बे र जीवन परियार निर्वाचित

 पुष १, २०७८ बिहीबार २२:५६:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज बिहीवार तीन वटा क्लस्टरतर्फको सहमहामन्त्री पदको मतगणना सकिएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार  महिला सहमहामन्त्री एक पदका लागि महालक्ष्मी उपाध्याय डिना निर्वाचित हुनुभएको छ । सभापति शेरबहादुर देउवाको प्यानलकी उम्मेदवार उपाध्यायले २ हजार ५ सय ३३ मत पाउनुभएको हो । उपाध्यायले शेखर कोइरालाको प्यानलकी उम्मेदवार कमला पन्त (२ हजार १ सय ५ मत) लाई हराउनुभएको हो । 

यस्तै सहमहामन्त्री आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे निर्वाचित हुनुभएको छ ।  सभापति देउवाको प्यानलका उम्मेदवार आङ्दाम्बेले २ हजार ७ सय ११ मत पाउनुभएको हो । आङ्दाम्बेले डा. कोइरालाको प्यानलका उम्मेदवार विकास लामा (१ हजार ९ सय १३ मत) लाई हराउनुभएको हो । 

यस्तै सहमहामन्त्री दलिततर्फ कोइराला प्यानलका जीवन परियार २ हजार २ सय १२ मत ल्याएर निर्वाचित हुनुभएको छ । परियारले देउवा प्यानलका मानबहादुर विश्वकर्मा (२ हजार १ सय ७५ मत) लाई हराउनुभएको हो ।  

कांग्रेस सहमहामन्त्रीमा आठ जना निर्वाचित हुने व्यवस्था छ । त्यसमध्ये आज महिला, दलित, आदिवासी जनजाति क्लस्टरको मतगणना भएको हो । बाँकी मुस्लिम, मधेशी, पिछडिएको क्षेत्र, थारु, खस/आर्यको भोलि शुक्रवार मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया