अपवित्र गठजोडविरुद्ध लड्यौँ र राजनीति जित्यौँ : शेखर कोइराला

 पुस २, २०७८ शुक्रबार १२:२६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - ​नेपाली कांग्रेसको सभापतिमा पराजित नेता डा. शेखर कोइरालाले चुनाव हारे पनि प्रतिनिधि र लोकतन्त्रवादीहरुको मन जित्न सफल भएको बताउनुभएको छ ।

आज प्रेस विज्ञप्ति निकालेर उहाँले पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोडविरुद्ध लडेको र राजनीति जितेको बताउनुभएको हो । साथै नेता कोइरालाले कांग्रेस सुधारको प्रक्रियालाई अगाडि बढाउने थप जिम्मेवारी पनि आफ्नो काँधमा आएको उल्लेख गर्नुभएको छ ।

प्रतिनिधि तथा शुभेच्छुकबाट पार्टीलाई रुपान्तरण गर्ने र नयाँ ढङ्गले चलाउन चाहिने गरी ४० प्रतिशत मत प्राप्त भएको र यो मतबाट आफू भावविभोर भएको कोइरालाको भनाइ छ । विज्ञप्तिमा पार्टीको आन्तरिक निर्वाचनमा जय र पराजयलाई स्वाभाविक रुपमा लिएको तथा परिवर्तनको पक्षमा उभिएकाले मत परिणामबाट धेरै उत्साही र धेरै हतोत्साही नहुने उल्लेख छ ।

साथै उहाँले सभापति शेरबहादुर देउवाको कार्यकालमा पार्टी पुनर्स्थापित हुने विश्वास पनि व्यक्त गर्नुभएको छ । 
 

विज्ञप्ति :

 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया