काठमाण्डौको न्यूनतम तापक्रम हिजोभन्दा घट्यो : चिसो अझै बढ्न सक्ने

 पुष ३, २०७८ शनिबार ७:५७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौको न्यूनतम तापक्रम घटेको छ । हिजो ३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएकोमा आज न्यूनतम तापक्रम ३ दशमलव ३ डिग्री सेल्सियसमा झरेको छ ।

न्यूनतम तामक्रम घट्दो क्रममा रहेको र चिसो अझै बढ्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताउनु भयो । उहाँका अनुसार आज काठमाण्डौको अधिकतम तापक्रम भने १७ देखि १९ डिग्री सेल्सियस पुग्ने अनुमान छ । काठमाण्डौसहित देशका धेरै ठाउँमा लगातार चिसो बढ्दै गएको छ ।

अहिले देशका धेरै ठाउँको मौसम धुम्मिएको छ । तर दिउँसो भने काठमाण्डौसहित धेरै ठाउँमा घाम लाग्ने सम्भावना छ । पहाडी र हिमाली क्षेत्रको मौसम आज आंशिकदेखि सामान्य बद्ली हुने र उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । 

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया