इन्टरनेट सेवाको शुल्क तथा महशुलदर स्वीकृतबारे बुझेर मात्रै भुक्तानी गर्नुहाेस् : दूरसञ्चार प्राधिकरण

 पुष ४, २०७८ आइतबार ९:२२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल दूरसञ्चार प्राधिकरणले कतिपय इन्टरनेट सेवा प्रदायकले सेवाको शुल्क तथा महशुलदर स्वीकृत नगराइ लागू गरेकोमा ध्यानाकर्षण भएको जनाएको छ ।

प्राधिकरणले अनुमतिपत्र प्राप्त दूरसञ्चार सेवा प्रदायकहरुले सेवा प्रदान गरेबापत ग्राहकसँग लिने सेवा शुल्क र महशुलदर सर्तअनुसार अनिवार्य प्राधिकरणबाट स्वीकृत भएको हुनुपर्ने जनाएको छ ।

साथै सेवा शुल्क र महशुलदर स्वीकृत भएको मिति समेत उल्लेख गरी लागू गर्नुपर्नेतर्फ सचेत गराएको छ ।

प्राधिकरणले सूचना निकालेर कतिपय इन्टरनेट सेवा प्रदायकले प्राधिकरणबाट सेवाको शुल्क र महशुलदर स्वीकृत नगराइ विभिन्न सामाजिक सञ्जाल, पत्रपत्रिका तथा सम्बन्धित सेवा प्रदायकहरुको वेबसाइटमा सूचना प्रकाशन गरी लागू गरेको उल्लेख गरेको छ ।

साथै उपभोक्ताले आफूले प्रयोग गरेको सेवाको महशुलदर प्राधिकरणबाट स्वीकृत भए/नभएको बुझेर भुक्तानी गर्न पनि अनुरोध गरेको छ । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया