तराईका जिल्लामा बिहान बाक्लो हुस्सु, दिउँसाे धेरै ठाउँमा पारिलो घाम लाग्ने

 पुष ५, २०७८ सोमबार ७:२४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - केही दिनयता तराईका जिल्लामा बाक्लो हुस्सु, कुहिरो लाग्न थालेको छ । बिहान बाक्लो हुस्सु लागे पनि दिउँसो पछि घाम लाग्ने सम्भावना रहेको मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो ।

बाक्लो हुस्सु, कुहिरोका कारण तराईको जनजीवनमा असर पर्न थालेको  छ । चिसोले बिहान बेलुका घर बाहिरको काम गर्न नै कठिन हुने गरेको छ ।

यस्तै, अहिले काठमाण्डौ उपत्यकासहित केही पहाडी जिल्लामा पनि कुहिरो लागेको छ । अहिले कुहिरो लागे पनि बिस्तारै हटेर घाम लाग्ने मौसमविद्ले बताएका छन् ।

मौसमविद्काअनुसार आज पनि देशका धेरै ठाउँमा हिजो जस्तै पारिलो घाम लाग्ने सम्भावना छ । अबकाे केही दिन बिहान/बेलुका चिसो बढे पनि दिउँसाेको समयमा घाम लाग्ने मौसमविद्ले बताएका छन् । काठमाण्डौको बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ३ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ ।

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया