एमालेका सांसदको अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित

 पुष ५, २०७८ सोमबार १३:५०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेकपा एमालेका सांसदको अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

आज बैठक सुरु हुनासाथ एमालेका सांसदहरु उठेर विरोध जनाएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को सूचना जारी नभएसम्मको लागि बैठक स्थगित गर्नुभएको हो । अध्यक्ष तिमिल्सिनाले एमालेका सांसदलाई बैठक सञ्चालनको लागि सहयोग गर्न पटक-पटक आग्रह गरे पनि उनीहरुले उठेर विरोध गरेका थिए ।

अध्यक्ष तिमिल्सिनाले आफ्ना विरोधहरु राखेरै पनि सभा सञ्चालन गर्न सकिने र लामो समयदेखि सदनमा अवरोध गर्दा कयौँ महत्त्वपूर्ण काममा बाधा पुगेको बताउनुभएको थियो । बैठकमा एमालेका सांसद देवेन्द्र दाहालले आफूहरुले उठाएका मुद्दा सम्बोधनको लागि सत्तापक्षले कुनै गम्भीरता नदेखाएको भन्दै आक्रोस पोख्नुभएको थियो ।

दलले निष्कासन गरेका सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै एमालेले प्रतिनिधि सभा र राष्ट्रिय सभाका दुवै बैठक अवरोध गर्दै आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दुई पटकसम्म बोलाउनुभएको सर्वदलीय बैठकमा पनि एमाले अनुपस्थित भएको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया